लगानीकर्ताको रोजाइमा वाणिज्य बैंकको सेयर, नेप्से सूचक र कारोबार रकम दुवै बढ्यो

बिजमाण्डू
२०८३ कात्तिक १२ गते १५:१३ | Oct 29, 2026
लगानीकर्ताको रोजाइमा वाणिज्य बैंकको सेयर, नेप्से सूचक र कारोबार रकम दुवै बढ्यो


काठमाडौं। सेयर बजारमा सुचक र कारोबार रकम दुवै बढेको छ। नेप्से सूचक बिहीबार ३१.५४ अंकले बढेको छ भने ८ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ।

GBIME
Tata

नेप्से २६९५.६० अंकमा पुगेको छ। १३ वटै समूहले नेप्से हरियो बनाएका हुन्। लगानीकर्ताहरु खासगरी वाणिज्य बैंकको सेयरप्रति आकर्षित देखिएका छन्। वाणिज्य बैंकको सूचक २.२८ प्रतिशतले उकालो लागेको छ।

धेरै कारोबार हुने शीर्ष ५ कम्पनीको सूचीमा तीन वटा वाणिज्य बैंक छन्। सिद्धार्थ, लक्ष्मी सनराइज र कुमारी बैंक शीर्ष ५ कम्पनीको सूचीमा परेका हुन्। १९ वटै बैंकको सेयर मूल्य बढेको छ।

बजारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ। बलेफी हाइड्रोपावरमा पोजेटिभ सर्किट लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।

९१ कम्पनीको सेयर मूल्य भने घटेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ३.६५ प्रतिशत अर्थात प्रति कित्ता ५२.९० रुपैयाँ घटेको छ।

नेप्से बुधबार ३३.२९ अंकले बढेको थियो भने ७ अर्ब ४५ करोडको कारोबार भएको थियो।