अर्थशास्त्रको नोबेल पुरस्कार जितेको ‘न्यू केन्सियन मोडेल’, संकटमा अर्थतन्त्र जोगाउन के गर्ने ?

बिजमाण्डू
२०८३ असोज २७ गते २१:३८ | Oct 13, 2026
अर्थशास्त्रको नोबेल पुरस्कार जितेको ‘न्यू केन्सियन मोडेल’, संकटमा अर्थतन्त्र जोगाउन के गर्ने ?


काठमाडौँ। एकै रातमा तपाईँको कमाइ आधा घट्यो तर महिनाको खर्च र ऋणको किस्ता भने उस्तै रह्यो भने के गर्नुहुन्छ? व्यक्तिगत जीवनमा मात्र होइन, जब सिंगो देश नै यस्तो गम्भीर आर्थिक मन्दीमा फस्छ, तब यसलाई जोगाउन सरकार र केन्द्रीय बैंकसँग के–के उपाय हुन्छन्?

GBIME
Tata

यही जटिल प्रश्नको सरल र वैज्ञानिक समाधान प्रस्तुत गर्ने दुई अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्।

विगतमा अर्थशास्त्रीहरू देशको अर्थतन्त्रलाई एउटा ठूलो मेसिनजस्तै मान्थे। ब्याजदरको ‘लिभर’ तान्यो भने मेसिन चल्छ भन्ने सोच पुराना मोडेलहरूमा थियो। तर, यसले संकटका बेला मानिसहरू र कम्पनीहरूले कसरी सोच्छन् र निर्णय गर्छन् भन्ने सूक्ष्म व्यवहारलाई समेट्न सक्दैनथ्यो।

हल र वुडफोर्डले भने हरेक व्यक्ति, परिवार र व्यवसायको निर्णय प्रक्रियालाई जोडेर ‘न्यू केन्सियन मोडेल’ बनाए।

उनीहरूको निष्कर्ष छ- अर्थतन्त्र कुनै निर्जीव मेसिन होइन, यो करोडौँ मानिसका निर्णयहरूको जोड हो।

एउटा परिवारले कति खर्च वा बचत गर्ने र व्यापारीले कति मूल्य तोक्ने जस्ता साना निर्णय बुझेपछि मात्र ठूलो अर्थतन्त्र (म्याक्रोइकोनोमिक्स) बुझ्न सकिन्छ। यही सिद्धान्तको कदर गर्दै उनीहरूलाई यो पुरस्कार दिइएको छ।

नेपाल जस्तो अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा आधारित देशलाई पनि यो सिद्धान्त निकै उपयोगी हुन सक्छ। तर, त्यसैमा निर्भर मात्रै भएर हुँदैन।

विस्तृत एक्स्प्लेनर भिडियोमा