पर्यटकीय राजमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको जिम्मा पूर्वाधार निर्माण कम्पनीलाई

बिजमाण्डू
२०८३ असोज २७ गते १४:०६ | Oct 13, 2026
पर्यटकीय राजमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको जिम्मा पूर्वाधार निर्माण कम्पनीलाई


काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया सुरु गरेको छ।

GBIME
Tata

मन्त्रालयले पहिलो चरणमा १०५ किलोमिटर लामो अपिनाम्पा-सैपाल-बडीमालिका र ४५ किलोमिटर लामो नुम-पाथीभरा सडक निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढाएको हो। यी दुई सडक खण्डको सम्भाव्यता अध्ययनका लागि सडक विभाग र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल पूर्वाधार निर्माण कम्पनीले आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको अध्ययन गर्नेछ।

कम्पनीको अध्ययन प्रतिवेदनका आधारमा बडीमालिका, पाथीभरा लगायत पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमार्फत जोड्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।

‘हाम्रा हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हिमाली पर्यटकीय राजमार्गलाई नवीन कार्यक्रमको रुपमा अघि बढाएका छौँ,’ उनले भने।