एनआईसी एशिया बैंकले मुगु, डोटी र मोरङका चारवटा सामुदायिक विद्यालयलाई सहयोग प्रदान

बिजमाण्डू
२०८३ असोज २६ गते १७:२८ | Oct 12, 2026
एनआईसी एशिया बैंकले मुगु, डोटी र मोरङका चारवटा सामुदायिक विद्यालयलाई सहयोग प्रदान


काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गु, डोटी, र मोरङ जिल्लाका चारवटा सामुदायिक विद्यालयलाई सहयोग प्रदान गरेको छ।

GBIME
Tata

बैंकले छायाँनाथ रारा नगरपालिका–३, मुगुस्थित श्री हिमालय आधारभूत विद्यालय, आदर्श गाउँपालिका–२, साउदकाँडा, डोटीस्थित श्री नमादेव माध्यमिक विद्यालय, दिपायल सिलगढी नगरपालिका १, तिखा, डोटीस्थित श्री मगलेक माध्यमिक विद्यालय र जहदा गाउँपालिका–३, मोरङस्थित श्री बाललक्ष्मी आधारभूत विद्यालयलाई विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ विद्यालय पोशाक, झोला, शैक्षिक सामग्री र पानी शुद्धिकरण प्लान्ट उपलब्ध गराएको हो।

४८ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री हिमालय आधारभूत विद्यालयमा बैंकका कर्णाली सर्कल हेड जीवन शाही र मुगु शाखा प्रमुख विश्वराज बुढाले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक लोक बहादुर मल्लज्यूलाई विद्यालय पोशाक, झोला र विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

त्यस्तै, ३७५ भन्दा धेरै विद्यार्थीहरु रहेको श्री नमादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव राज ओझा र २९५ भन्दा धेरै विद्यार्थीहरु रहेको मगलेक माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक पुस्कर बहादुर साउदलाई बैंकका दिपायल शाखा प्रमुख सुधिर भण्डारीले प्रत्येक विद्यालयलाई पोशाक, झोला तथा शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका थिए।

त्यस्तै, १०७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत बाललक्ष्मी आधारभूत विद्यालयलाई बैंकका विराटनगर सर्कल हेड दशरथ पराजुलीले विद्यालयका प्रधानाध्यापक बलेश्वर राजवंशीमार्फत पानी शुद्धिकरण प्लान्ट जडान गरेर हस्तान्तरण गरेका थिए।

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ।