काठमाडौं। बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलमा सवारीसाधन सञ्चालनमा आएको छ। मालढुंगा पुल दुई साता लगाएर पहुँच सडक बनाइएपछि सोमबारबाट सञ्चालनमा आएको हो।
असोज ८-११ को अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि सवारी आवागमन ठप्प भएको थियो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बागलुङ र पर्वत जोड्ने महत्वपूर्ण पुलमा दसैंअघि सवारीसाधन सञ्चालन गर्ने लक्ष्य पूरा भएको बताएका छन्।








