साउदी अरेबियाको विमानस्थल प्रयोग नगर्न उड्डयन कम्पनी र यात्रुलाई हुथी विद्रोहीको चेतावनी

बिजमाण्डू
२०८३ असोज २५ गते १५:५४ | Oct 11, 2026
साउदी अरेबियाको विमानस्थल प्रयोग नगर्न उड्डयन कम्पनी र यात्रुलाई हुथी विद्रोहीको चेतावनी
File Photo


काठमाडौं । हुथी विद्रोहीहरुले साउदी अरेबियाका विमानस्थल र हवाई क्षेत्र प्रयोग नगर्न हवाई उड्डयन कम्पनी तथा यात्रुहरुलाई चेतावनी दिएका छन्।

GBIME
Tata

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणपछि सो समूहको यस्तो चेतावनी आएको हो।

शनिबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो। ३०० भन्दा बढी घाइते भएका थिए।

साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार ज्यान गुमाउनेहरुमा चार जना साउदी नागरिक, दुई जना बंगलादेशी तथा अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक-एक जना नागरिक छन्।

आइतबार विज्ञप्ति जारी गर्दै हुथी समूहले बिहीबार सोही विमानस्थलमा भएका अन्य आक्रमणहरुको जिम्मेवारी आफूले लिएको जनाएको थियो। तर, शनिबारको आक्रमणबारे भने विज्ञप्तिमा प्रत्यक्ष उल्लेख गरिएको छैन।