बूढीगण्डकी बाढीमा ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरमा उद्धार, कहाँ कति क्षति?

बिजमाण्डू
२०८३ असोज २५ गते १५:३४ | Oct 11, 2026
बूढीगण्डकी बाढीमा ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरमा उद्धार, कहाँ कति क्षति?


काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेतका उङ्गिलुङका ५ जना सम्पर्कवहीन भएका छन्।

GBIME
Tata

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भेडीगोठमा रहेका २ पुरुष र ३ महिला बेपत्ता भएका हुन्।

चुमनुब्री गाउँपालिका-६ लोक्पादेखि चुम्लिङबी बीचमा ठुलो पहिरो आइ बूढीगण्डकी नदी थुनिएर लेदोसहितको बाढीका कारण फसेका ४७ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

बाढी प्रभावितको उद्धारमा १२७ जना नेपाली सेना, १३३ जना नेपाल प्रहरी र १७७ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री जाउँपालिका-३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही स्थानमा एक घर बगाएको छ भने एक घरमा बाढी पसेको छ।

धार्चे गाउँपालिका-५ स्थित माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ भने धार्चे-३ सल्लेरीस्थित निर्माणाधीन ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना र वरपरका ७/८ वटा घर बगाएको प्राधिकरणले जनाएको छ। आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बगाएको छ।

यस्तै आरुघाट गारउँपालिका-९ नयाँपुलस्थित गोरखाको आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको तीन भागमध्ये गोरखा तर्फको एक भाग बगाएको छ। माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेका कारण २०/२२ घर जोखिममा परेका छन्।

आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीमा फलामे पक्की पुल बगाएको छ। यस्तै दुई वटा टेलिफोन टावर र ५० वटा बिजुलीको पोल क्षति भएको प्राधिकरणले जनाएको छ।

default

गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावितहरुका लागि पहिलो चरणमा ३ ट्रक राहत सामग्री पठाइएको बताएका छन्। उनका अनुसार आरुघाटबाट गोरखासम्म निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन तथा पुल बगेका कारण सडक सम्पर्क टुटेका ठाउँमा बेलीब्रिज जडानलगायत तयारी गरिएको छ।