कांग्रेस महाधिवेशनमा उम्मेदवारको लर्कोले पार्टीलाई फाइदा, उम्मेदवारी दर्ताबाट उठ्यो १ करोडभन्दा बढी

बिजमाण्डू
२०८३ असोज २१ गते १४:०८ | Oct 7, 2026
कांग्रेस महाधिवेशनमा उम्मेदवारको लर्कोले पार्टीलाई फाइदा, उम्मेदवारी दर्ताबाट उठ्यो १ करोडभन्दा बढी


काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारी दर्ताबाट एक करोड रुपैयाँभन्दा बढी उठेको छ।

GBIME
Tata

महाधिवेशनबाट निर्वाचित हुनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८३८ जनाबाट १ करोड २ लाख ५९ हजार रुपैयाँ उठेको हो। यसबाहेक उम्मेदवारबाट उम्मेदवारी फारामबापत ८३ हजार ८०० रुपैयाँ उठेको छ।

महाधिवेशनमा सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको थियो।

सभापतिमा ३ जनाबाट १ लाख २० हजार, वरिष्ठ उपसभापतिमा १ जनाबाट ३० हजार, उपसभापतिमा १५ जनाबाट ४ लाख ५० हजार, महामन्त्रीमा ११ जनाबाट ३ लाख ३० हजार, सहमहामन्त्रीमा ४९ जनाबाट ९ लाख ८० हजार र केन्द्रीय सदस्यमा ७५९ जनाबाट ८३ लाख ४९ हजार रुपैयाँ संकलन भएको छ।