कांग्रेसमा उम्मेदवारी मनोनयन आज दिउँसो साढे १२ बजेदेखि, प्रतिनिधि संख्या ७११४ कायम

बिजमाण्डू
२०८३ असोज २० गते ०९:३१ | Oct 6, 2026
कांग्रेसमा उम्मेदवारी मनोनयन आज दिउँसो साढे १२ बजेदेखि, प्रतिनिधि संख्या ७११४ कायम


काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ।

GBIME
Tata

कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए। नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या ७ हजार ११४ पुगेको छ।

मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै आज बिहान ९ः३० बजे मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ, ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने सदस्यसचिव कटुवालले बताए।

यस्तै, उम्मेदवार मनोनयन दर्ता फारम वितरण र दिउँसो १२ः३० बजेदेखि ४ः०० बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको सोमबारको बन्दसत्रले पार्टीको विधान संशोधन गरेको थियो। संशोधित विधानअनुसार २९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरिएको छ। नयाँ व्यवस्थाअनुसार नै निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ।

आइतबारदेखि सुरु भएको महाधिवेशनको आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।