काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि योजना ल्याउन लागेको बताएका छन्। आज सेजनको साधारणसभामा सम्बोधन गर्दै उनले अर्काे साेमबारसम्म सेयर बजार सुधारका लागि १०/१२ बुँदे याेजना ल्याउन लागेको बताएका हुन्।
‘यसले बजारसँगै अर्थतन्त्रलाई सुधार गरेर लैजानेछ। सेयर बजार शिथिल भयाे यसलाई झकझक्याउनु पर्यो भन्ने कुरा आएका छन्। नेपालमा छेलाेखेलाे कर्जाबाट भएका विकृतिहरू चिर्दै सरकारले काम गरिरहेकाे छ। असाध्यै संवेदनशील भएर सुधारकाे काम गर्नुपर्नेछ।’
उनले पहिलेका गल्तीहरु दाेहाेर्याउने छुट सरकार र आफूलाई नभएको समेत बताए। त्यसैले अर्थतन्त्र सुधारका लागि प्याकेजमै काम भइरहेकाे उनको भनाइ थियो।








