ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट ल्याइँदै, देशभर डेलिभरी सुरु हुने



बिजमाण्डू
२०८३ भदौ २३ गते २०:२७ | Sep 8, 2026
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट ल्याइँदै, देशभर डेलिभरी सुरु हुने


काठमाडौंनेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा र जेइकुका नयाँ गाडी मुस्ताङको कोरला नाकाबाट ल्याउन सुरु गरेको छ। गाडीहरू चाँडै ग्राहकसम्म पुग्ने क्रममा रहेको कम्पनीले जनाएको छ।

Vigo
GBIME
Tata

भोटेकोशीको बाढीपछि रसुवागढी नाकाको सडकमार्ग अवरोध भएको छ। कम्पनीले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरेको हो। यससँगै गाडीको डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा बुकिङ गरेका ग्राहकलाई चाँडै गाडी उपलब्ध गराइने कम्पनीले जनाएको छ।

ओमोडा र जेइकुको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ।