प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्र बैंकका कर्मचारीले गरे १ करोड ३९ लाख जम्मा



बिजमाण्डू
२०८३ भदौ २२ गते १७:१५ | Sep 7, 2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्र बैंकका कर्मचारीले गरे १ करोड ३९ लाख जम्मा


काठमाडौं। नेपाल राष्ट्र बैंकले बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो। राष्ट्र बैंकमा १२०० भन्दा बढी कर्मचारी छन्।

तीमध्ये साढे ११०० स्थायी कर्मचारी हुन्। करार कर्मचारीका तर्फबाट पनि कोषमा सहयोग गरिएको बैंकले जनाएको छ।