काठमाडौं। गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ। बैंकको चुक्ता पुँजी हाल ६ अर्ब २ करोड १३ लाख रुपैयाँ छ। उसले बोनस सेयर र नगद लाभांश गरी कुल १ अर्ब ५० करोड ४२ लाख ६९ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्ने भएको हो।
बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको २०औं वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश पाउनेछन्।











