आइसीएफसी फाइनान्सको लाभांश घोषणा, सेयरधनीलाई १०.५२ प्रतिशत नगद प्रतिफल



बिजमाण्डू
२०८३ भदौ १६ गते १०:५६ | Sep 1, 2026
आइसीएफसी फाइनान्सको लाभांश घोषणा, सेयरधनीलाई १०.५२ प्रतिशत नगद प्रतिफल


काठमाडौं। आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ।

Vigo
GBIME
Tata

फाइनान्सको सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो रकम कर प्रयोजनसहितको भएको फाइनान्सले जनाएको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँ लाभांश पाउनेछन्।