ग्यास लिन हेटौंडा जान लागेका ट्रकलाई एकान्तकुनामा ट्राफिक प्रहरीले रोक्यो, कारण के हो ?



बिजमाण्डू
२०८३ भदौ १८ गते ११:०७ | Sep 3, 2026
ग्यास लिन हेटौंडा जान लागेका ट्रकलाई एकान्तकुनामा ट्राफिक प्रहरीले रोक्यो, कारण के हो ?


काठमाडौं। ग्यास लिन जान लागेका ट्रकलाई ट्राफिक प्रहरीले एकान्तकुनामा रोकेको छ। ग्यास उद्योगीका अनुसार १२ चक्के ट्रक चलाउन नमिल्ने भन्दै कान्ति लोकपथ हुँदै ग्यास लिन हेटौंडा हिँडेको ट्रकलाई प्रहरीले रोकेको हो।

Vigo
GBIME
Tata

‘ट्राफिक प्रहरीले १० चक्के ट्रक जान दिनुभयो। तर, १२ चक्के भने रोकिदिनुभएको छ। अहिले १५ वटा ट्रक एकान्तकुनामै होल्ड भएको छ,’ उद्योगी कृष्णभक्त श्रेष्ठले बिजमाण्डूसँग भने, ‘भौतिक मन्त्रालयसँग भएको सहमति अनुसार हामीले ट्रक लिएर जान लागेका थियौं। यसरी रोकेपछि काठमाडौंमा भएको ग्यासको हाहाकार कसरी समाधान हुन्छ?’

उनले दिनरात नभनी उपभोक्ताको चुल्हो निभ्न नदिन लागिरहेका बेला सुरक्षा निकायबाटै असहयोग भएको गुनासो गरे।

‘हामीले व्यापार र नाफा नहेरी देशलाई संकटमा परेका बेला जसरी भएपनि ग्यास ल्याउनुपर्छ भनेर खटिरहेका छौं। सुरक्षा निकायले यसमा सकारात्मक भूमिका खेल्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं,’ श्रेष्ठले भने।