एनभीएल : पहिलो खेलमा हार ब्यहोरेको अन्नपूर्णको पुनरागमन, काठमाडौंमाथि सोझो सेटमा जित

बिजमाण्डू
२०८३ भदौ २१ गते १९:०२ | Sep 6, 2026
एनभीएल : पहिलो खेलमा हार ब्यहोरेको अन्नपूर्णको पुनरागमन, काठमाडौंमाथि सोझो सेटमा जित
प्रतिस्पर्धामा काठमाडौं र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको आज सम्पन्न पहिलो खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

Vigo
GBIME
Tata
प्रतिस्पर्धामा काठमाडौं र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

आफ्नो पहिलो जित निकाल्ने क्रममा अन्नपूर्णले २५-२३, २८-२६ र २५-२३ ले आफ्नो पक्षमा पार्‍यो।

दुई खेल खेलेको अन्नपूर्णको यो पहिलो जित हो। पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसंग ३-१ को सेटमा पराजित भएको थियो। यता काठमाडौंले पनि दोस्रो खेल खेल्दा पहिलो हार ब्यहोर्‍यो। आफ्नो पहिलो खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३-२ ले हराएको थियो।

प्रतिस्पर्धामा काठमाडौं र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

प्रतिस्पर्धामा काठमाडौं र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।

प्रतिस्पर्धामा काठमाडौं र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू