एभरेस्ट बैंकले बाढी पीडितका लागि दियो ३ करोड ११ लाख, ६० लाख ५४ हजार कर्मचारीका तर्फबाट



बिजमाण्डू
२०८३ भदौ १७ गते १७:२६ | Sep 2, 2026
एभरेस्ट बैंकले बाढी पीडितका लागि दियो ३ करोड ११ लाख, ६० लाख ५४ हजार कर्मचारीका तर्फबाट


काठमाडौं। एभरेस्ट बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि ३ करोड ११ लाख ५४ हजार रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख र आफ्ना कर्मचारीको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हसह्तान्तरण गरेका छन्।

यसबाहेक बैंकका कर्मचारीले बाढी प्रभावितका लागि खाद्यान्न लगायत साहत सामग्री पनि उपलब्ध गराएका छन्।