ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत प्रतिफल



बिजमाण्डू
२०८३ भदौ १७ गते १०:२२ | Sep 2, 2026
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत प्रतिफल


काठमाडौं। ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

बैंकका सेयरधनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर पाउनेछन्। बैंकको अहिले ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी छ।

बुक क्लोजअघि कायम सेयरधनीले नेपाल राष्ट्र बैंकको र साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा सेयरधनीलाई ८ प्रतिशत नगद प्रतिफल वितरण गरेको थियो।