नेपाल बैंकका अध्यक्ष भण्डारीले लिए शपथ, वित्तीय क्षेत्रमा तीन दशकको अनुभव



बिजमाण्डू
२०८३ भदौ १६ गते २०:५८ | Sep 1, 2026
नेपाल बैंकका अध्यक्ष भण्डारीले लिए शपथ, वित्तीय क्षेत्रमा तीन दशकको अनुभव


काठमाडौं। नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष पिताम्बर भण्डारीले शपथ लिएका छन् ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेललले भण्डारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

भण्डारी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशक लामो काम गरेको अनुभव छ।

उनले राष्ट्र बैंकमा हुँदा सुपरिवपेक्षणदेखि अनुसन्धान विभागसम्मको अनुभव हासिल गरेका छन्।

सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्मा वैशाखमा राजीनामा दिएका थिए। त्यो बेला सबै सरकारी लगानी भएका बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका थिए।