काठमाडौं। कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३५) ले भोटेकोसीमा आएको बाढी पीडितका लागि आर्थिक सहयोग गरेको छ।
सेक्युरिटिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको हो। बाढीका कारण विस्तापितहरुलाई राहत वितरण, उद्धार कार्य र पुन:स्थापनाका लागि सहज होस् भन्ने उदेश्यले कोषमा पैसा जम्मा गरिएको सेक्युरिटिजले जनाएको छ।
भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट,धादिङमा ठूलो मानवियसँगै जलविद्युत आयोजना, घरसहितका भौतिक सम्पत्तिमा क्षति पुगेको छ।
बाढीका कारण भएको क्षतिपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग आह्वान गरेको छ।










