बाढी प्रभावितको पुनर्स्थापनाका लागि सरकारलाई नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग



बिजमाण्डू
२०८३ भदौ १५ गते १९:३२ | Aug 31, 2026
बाढी प्रभावितको पुनर्स्थापनाका लागि सरकारलाई नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग


काठमाडौं। नागरिक लगानी कोषले बाढी प्रभावितको पुनर्स्थापनाका लागि सरकारलाई १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। कोषले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

Vigo
GBIME
Tata

कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सहयोग रकमको चेक सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरणका क्रममा कोषका सञ्चालक नारायण प्रसाद घिमिरे र निर्देशक शोभा श्रेष्ठ पनि उपस्थित थिए।