बाढी प्रभावितको पुनर्स्थापनामा साइमेक्सको साथ, अर्थमन्त्रीलाई ७ करोडको चेक हस्तान्तरण



बिजमाण्डू
२०८३ भदौ १५ गते १८:५८ | Aug 31, 2026
बाढी प्रभावितको पुनर्स्थापनामा साइमेक्सको साथ, अर्थमन्त्रीलाई ७ करोडको चेक हस्तान्तरण


काठमाडौं। बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले ७ करोड रुपैयाँ दिएका छन्।

Vigo
GBIME
Tata

साइमेक्सले पूर्वघोषणा अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठ र कार्यकारी निर्देशक यमुना श्रेष्ठले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

बीवाइडी र साइमेक्स इंकले बाढी गएको भोलिपल्ट राहत र पुनर्स्थापनाका लागि ७ करोड सहयोग गर्ने घोषणा गरेका थिए।