काठमाडौं। हिमालयन बैंकले बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ जम्मा गरेको बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।










