काठमाडौं । केआइइसीले बुधबार देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गरेको छ।
केआइइसीले कोषमा १५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम केआइइसीको मुख्य कार्यालयसहित देशभर रहेका सम्पूर्ण शाखाहरूको संयुक्त पहल र योगदानमा संकलन गरेर कोषमा जम्मा गरिएको जनाइएको छ।
कम्पनीले अहिलेको टड्कारो आवश्यकता विपद्मा परेका नागरिकको ‘गाँस र स्वास्थ्य’ दुवै जोगाउनु भएको जनाएको छ। बाढी र पहिरोका कारण सिर्जित खाद्यान्न अभाव र त्यसपछि फैलिन सक्ने सम्भावित रोगब्याधीलाई गम्भीर रूपमा लिँदै केआइइसी परिवारले नगद सहयोगसँगै विभिन्न थप राहतका कार्यहरू पनि गरिरहेको जनाइएको छ।
प्रभावितहरूको तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रममा सहभागी हुनुका साथसाथै अत्यावश्यक सामान संकलन गरी सम्बन्धित निकायमार्फत पीडितसमक्ष पुर्याउँदै आएको पनि जनाइएको छ।
केआइइसीले विपदलाई मिलेर सामना गर्न र प्रभावित क्षेत्रमा राहत पुर्याउन आफ्नो क्षमता अनुसार सहयोग गर्न सबैमा आह्वान पनि गरेको छ।










