काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीद्ये भएको क्षतिपछिको उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको गुनासो बढेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
रविले सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर बालेनसँग भेटवार्ता गरेका हुन्। दुई जनाबीच बाढीका कारण प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहत वितरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बाढीले क्षति पुगेका संरचना पुनर्स्थापनाका विषयमा पनि दुई नेताबीच छलफल भएको छ। बालेनले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनर्स्थापनाका लागि सरकारी संयन्त्रले पूर्ण क्षमताका साथ काम गरिरहेको जानकारी गराएको उनको सचिवालयले जनाएको छ।










