बाढीपछिको पुनर्निर्माणमा शिवम् सिमेन्टको साथ, ११० परिवारलाई ११ हजार बोरा सिमेन्ट नि:शुल्क



बिजमाण्डू
२०८३ भदौ १५ गते १५:०१ | Aug 31, 2026
बाढीपछिको पुनर्निर्माणमा शिवम् सिमेन्टको साथ, ११० परिवारलाई ११ हजार बोरा सिमेन्ट नि:शुल्क


काठमाडौं। शिवम् सिमेन्टले बाढी प्रभावितहरुलाई घर बनाउन ११ हजार बोरा सिमेण्ट नि:शुल्क रुपमा उपलब्ध गराउने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीले बाढी प्रभावितमध्ये ११० परिवारलाई सरकारले तोकेका क्षेत्रमा घर निर्माण गर्न सिमेण्ट नि:शुल्क उपलब्ध गराउने भएको हो। कम्पनीले प्रति परिवार १०० बोराका दरले सिमेन्ट उपलब्ध गराउनेछ।

कम्पनीका सञ्चालकहरुले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर बाढी प्रभावितलाई ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनीहरुले पुनर्निर्माण कार्यमा कम्पनी सरकारको साथमा उभिने पनि बताएका छन्।