बैंकले बाढीग्रस्त क्षेत्रका सर्वसाधारणलाई दिएका थिए साढे २ अर्ब ऋण, भल्टको १५ करोड बगायो



बिजमाण्डू
२०८३ भदौ १५ गते ०९:१६ | Aug 31, 2026
बैंकले बाढीग्रस्त क्षेत्रका सर्वसाधारणलाई दिएका थिए साढे २ अर्ब ऋण, भल्टको १५ करोड बगायो


काठमाडौं। बाढी प्रभावित क्षेत्रमा घर-बारी धितोमा बैंकहरुले २ अर्ब ४२ करोड ८० लाख रुपैयाँ ऋण दिइएको पाइएको छ। जलविद्युत परियोजनाहरुलाई दिइएको सहवित्तीयकरण ऋण यसमा समावेश छैन।

Vigo
GBIME
Tata

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार, बाढी प्रभावित क्षेत्रमा २० मध्ये ११ वटा बैंकले निक्षेप संकलन र ऋण लगानी गरेका छन्। त्यहाँ ७५ हजारभन्दा बढी बचत तथा मुद्दती खाता खोलिएका छन्।

‘जलविद्युत परियोजनामा बैंकहरुले सहवित्तीयकरणमा ऋण लगानी गरेका कारण कसको कति पैसा गएको छ भन्ने तथ्यांक संकलन भएको छैन,’ उनले बिजमाण्डूसँग भने, ‘त्यसबाहेक अन्य ऋणहरुको मोटामोटी तथ्यांक संकलन भइसकेको छ।’

११ वटा बैंकले त्रिशूली, देवीघाट, बेत्रावती, टिमुरे, स्याफ्रुबेंसी र मैलुङमा शाखा तथा एक्सटेन्सन काउन्टर खोलेका थिए। एनआइसी एसियाको त्रिशूलीको एउटा शाखामा आंशिक क्षति पुगेकामा बाँकी बैंकका सबै शाखा तथा एक्सटेन्सन काउन्टर बाढीले बगाएको छ। बैंकका २७ कर्मचारी अझैसम्म सम्पर्कविहीन छन्।

बैंककुल निक्षेपकुल ऋण
कृषि विकास 595240881.61377407096
सिटिजन्स्383915915.488863277.34
ग्लोबल आइएमई244679112.910130924.42
हिमालयन766569071.4297297037.1
लक्ष्मी सनराइज58282976.2424102712.9
माछापुच्छ्रे69880777.878395447.43
नबिल55275648.44
एनआइसी एसिया678638908.4341552492.3
नेपाल इन्भेष्टमेन्ट मेगा 960830013.399386672.25
प्रभु8360000096733000
सानिमा175105910.184197289.21
कुल40720192162428065949

बाढीग्रस्त क्षेत्रमा १३ वटा जलविद्युत परियोजना छन्। यसमध्ये ५ वटा निर्माणाधीन हुन्। बाँकी ८ वटा सञ्चालनमा थिए। ती सबै परियोजना बाढीले बगाएको छ। केहीमा आंशिक क्षति छ। यसमा कुन बैंकको कति लगानी छ भन्ने खुलेको छैन।

बैंकहरुले उपलब्ध गराएको तथ्यांक अनुसार, बैंकका शाखाको भल्टमा १५ करोड २ लाख रुपैयाँ थियो जुन बाढीले बगाएको छ। काउन्टरमा कति पैसा थियो भन्ने अझै खुल्न सकेको छैन। विभिन्न एटीएममा एक करोड ७ लाख रुपैयाँ रहेको खुलेको छ।

‘यो अन्तिम तथ्यांक होइन। हामीले क्षतिको तथ्यांक संकलन गर्दा आएको मोटामोटी हिसाबकिताब हो,’ कोइरालाले भने, ‘अहिलेसम्म हेर्दा व्यक्तिगत तवरमा बैंकहरुले जग्गा जमिन धितो राखेर दिएको ऋण उठाउने सम्भावना छैन। किनभने सबै बगाएर लगेको छ।’

ऋण बाहेक निक्षेप र अन्य सम्पत्ति गरेर बैंकहरुको ५५ करोड १६ लाख रुपैयाँ क्षतिको तथ्यांक आएको छ। त्यस क्षेत्रमा ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको निक्षेप खाता खोलिएको थियो।

ऋणतर्फ २०२८ वटा खाता खुलेका छन्। उनीहरुले २ अर्ब ४२ करोड ८० लाख ऋण चलाएका छन्। यो ऋण घर, गाडी, होटल, लजलगायत व्यवसायका लागि लगिएको हो।