कम्बोडियाबाट अन्तराष्ट्रिय समुदायलाई दाहालको अपिल : नेपाल अप्ठेरोमा छ, सहयोग गर्नुस्



बिजमाण्डू
२०८३ भदौ ११ गते १९:०२ | Aug 27, 2026
कम्बोडियाबाट अन्तराष्ट्रिय समुदायलाई दाहालको अपिल : नेपाल अप्ठेरोमा छ, सहयोग गर्नुस्


काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अन्तराष्ट्रिय समुदायलाई नेपालका बाढी प्रभावितका लागि सहयोग गर्न अपिल गरेका छन्।

Vigo
GBIME
Tata

कम्बोडियामा आयोजित दोस्रो अन्तर-व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलनमा दाहालले नेपाल पीडामा रहेकाले सहयोग गर्न संयुक्त राष्ट्रसंघ लगायतलाई आग्रह गरेका हुन्।

‘संयुक्त राष्ट्रसंघ तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायसमक्ष उद्धार, राहत र पुनःस्थापनाका लागि मानवीय सहयोग तथा ऐक्यबद्धताको हार्दिक अपिल गर्दछु,’ दाहालले भने।

उनले जलवायु परिवर्तनले पारेको प्रभाव तथा प्रविधिको तीव्र विकासका नयाँ चुनौतीले नागरिकको सुरक्षाका लागि राष्ट्रहरुले गम्भीर संकटको सामना गरिरहेको बताए। जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाल लगायत राष्ट्र अरुका कारणले पीडित भएको उनको भनाइ थियो।