काठमाडौं। नासा सेक्युरिटीज कम्पनी(ब्रोकर नम्बर ५८)ले बाढी प्रभावितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले सहयोग स्वरुप ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा जम्मा गरेको छ।
भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण जनधनको ठूलो क्षति भएपछि सरकारले खाता खोलेर सहयोगका लागि अपिल गरेको छ।











