काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बाढी प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजारमा बिजुली आपूर्ति गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण बुधबार बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएकामा प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बिजुली उपलब्ध गराएको हो।
बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बिहान नुवाकोटकै खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरेको थियो।











