चिनियाँ प्रधानमन्त्री पुगे बाढी प्रभावित सिचाङ प्रान्तमा, नेपाल-चीन सीमाको अवस्था निरीक्षण गर्ने



बिजमाण्डू
२०८३ भदौ ११ गते १५:२३ | Aug 27, 2026
चिनियाँ प्रधानमन्त्री पुगे बाढी प्रभावित सिचाङ प्रान्तमा, नेपाल-चीन सीमाको अवस्था निरीक्षण गर्ने


काठमाडौं । बुधबार गएको बाढीको अवस्था बुझ्न चिनियाँ प्रधानमन्त्री लि क्वाङ प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन्।

Vigo
GBIME
Tata

चिनियाँ राजदूतावासका अनुसार लि आज दिउँसो बाढीग्रस्त सिचाङ प्रान्त पुगेका हुन्। उनले सिचाङ काउन्टीको बाढी प्रभावित केरुङ नाका पुगेर निरीक्षण गर्नेछन्।

बुधबार गएको बाढीले नेपालसँगै चीनतर्फ पनि ठूलो क्षति गरेको छ। चीनतर्फ बिहीबार बिहानसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छर।

हालसम्म दुई जनाको उद्धार गरिएको साथै घटनामा २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। नेपालतर्फपनि जनधनको ठूलो क्षति भएको छ।