बाढी पीडितका लागि राहत सामग्री संकलन सेनाको ब्यारेकमा, सरकारले तोक्यो तीन स्थान



बिजमाण्डू
२०८३ भदौ ११ गते १४:१७ | Aug 27, 2026
बाढी पीडितका लागि राहत सामग्री संकलन सेनाको ब्यारेकमा, सरकारले तोक्यो तीन स्थान


काठमाडौं। सरकारले बाढी प्रभावितहरुका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ।

Vigo
GBIME
Tata

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर तथा नेपाली सेनाको नुवाकोटको बट्टारस्थित मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकलाई राहत सामग्री संकलन केन्द्र तोकिएको हो।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले तीन स्थान तोकेको छ।

विदेशबाट हवाईजहाज मार्फत ल्याइने राहत सामग्री विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री मैथिली र बैरेनी ब्यारेकमा संकलन गरिने लम्सालले सामाजिक सञ्जालमार्फत बताएका छन्।

‘ती सामग्री सरकारले आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ,’ लम्सालले भनेका छन्।

उनले बाढी प्रभावित नागरिकका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाले सरकारले तोकेका स्थानमा राहत सामग्री पुर्‍याउन सक्ने उल्लेख गरेका छन्।