रसुवा बाढीका कारण करिब ४०० पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय



बिजमाण्डू
२०८३ भदौ १० गते १५:२३ | Aug 26, 2026
रसुवा बाढीका कारण करिब ४०० पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय


काठमाडौं। रसुवामा आएको बाढीका कारण करिब ४०० पर्यटक सम्पर्कविहीन भएका छन्।

Vigo
GBIME
Tata

नेपाल पर्यटन बोर्डले विभिन्न १० वटा ट्राभल एजेन्सीलाई उद्यृत गरेर उपलब्ध गराएको विवरण अनुसार आन्तरिक र बाह्य गरी ३८४ पर्यटक सम्पर्कविहीन भएका हुन्।

तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली भएको बोर्डले जनाएको छ। विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। कैलाश हिंडेका भारतीय पर्यटक बाढीका कारण सम्पर्कविहीन भएका हुन्।