बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्रीको संवाद, ‘सरकार खोज उद्धारमा प्रतिबद्ध छ’



बिजमाण्डू
२०८३ भदौ १० गते १३:५८ | Aug 26, 2026
बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्रीको संवाद,  ‘सरकार खोज उद्धारमा प्रतिबद्ध छ’


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका सांसदहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूसँग बाढीले पुर्‍याएको क्षतिबारे बुधबार छलफल गरेका हुन्।

Vigo
GBIME
Tata

‘तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

सांसदहरूले आ-आफ्नो क्षेत्रमा उद्धार तथा राहतको कार्य छरितोगरी अघि बढाउन शाहलाई आग्रह गरेका थिए। शाहले आफू राहत तथा उद्धारमा सरकारको नेतृत्वकर्ताको हिसाबले प्रतिबद्ध रहेको जवाफ दिएका थिए।

‘सरकार प्रभावित नागरिकको सुरक्षा र राहतमा पूर्ण प्रतिबद्धताका साथ खटिएको छ,’ शाहले भनेका थिए।