काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका सांसदहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूसँग बाढीले पुर्याएको क्षतिबारे बुधबार छलफल गरेका हुन्।
‘तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
सांसदहरूले आ-आफ्नो क्षेत्रमा उद्धार तथा राहतको कार्य छरितोगरी अघि बढाउन शाहलाई आग्रह गरेका थिए। शाहले आफू राहत तथा उद्धारमा सरकारको नेतृत्वकर्ताको हिसाबले प्रतिबद्ध रहेको जवाफ दिएका थिए।
‘सरकार प्रभावित नागरिकको सुरक्षा र राहतमा पूर्ण प्रतिबद्धताका साथ खटिएको छ,’ शाहले भनेका थिए।