काठमाडौं। रसुवा र नुवाकोटका आएको बाढी पीडितलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि डब्लूएचओले १००० जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डब्लुएचओले २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको छ।
मन्त्रालयले बाढी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ। हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।











