BIZMANDU
www.bizmandu.com

बाढी प्रभावित क्षेत्रमा डब्लूएचओले १००० जनालाई पुग्ने आधारभूत औषधि पठाउँदै

२०८३ भदौ १०

बाढी प्रभावित क्षेत्रमा डब्लूएचओले १००० जनालाई पुग्ने आधारभूत औषधि पठाउँदै
बाढी प्रभावित नुवाकोटको देवीघाट बजार आसपासको क्षेत्र। तस्वीर : रासस


काठमाडौं। रसुवा र नुवाकोटका आएको बाढी पीडितलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।

Vigo
GBIME
Tata

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि डब्लूएचओले १००० जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डब्लुएचओले २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको छ।

मन्त्रालयले बाढी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ। हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।