भोटेकोशी बाढी : सेना र निजीसहित १२ वटा हेलिकप्टर उद्धारमा खटिए, १२ जनाको उद्धार



बिजमाण्डू
२०८३ भदौ १० गते १२:३६ | Aug 26, 2026
भोटेकोशी बाढी : सेना र निजीसहित १२ वटा हेलिकप्टर उद्धारमा खटिए, १२ जनाको उद्धार


काठमाडौं। भोटेकोसी नदिमा आएको बाढीमा उद्धार र राहतको लागि नेपाली सेनाको हेलिकप्टरसहित अन्य एक दर्जन हेलिकप्टर प्रयोग गरिएको छ।

Vigo
GBIME
Tata

प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेंसीबाट-६, मैलुङबाट-२ र धुन्चेबाट-४ गरी हालसम्म जम्मा १२ जना जनालाई उद्धार गरिएको हो।

अहिले नेपाली सेनाको ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिइरहेको सेनाले जानकारी दिएको छ।

यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। सशस्त्र प्रहरीले पनि पनि आफ्ना स्वास्थ्यकर्मीको टिमलाई तयारी अवस्थामा राखेको छ। बाढीबाट उद्धार गरिएकाहरुको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा स्वास्थ्यकर्मी स्ट्यान्डबाइ छन् भने एक सयवटा बेड तयार राखिएको छ।