बैंकर्स संघको छाताभित्र अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि, सदस्य संख्या २१ पुग्यो



बिजमाण्डू
२०८३ भदौ १० गते ०९:२१ | Aug 26, 2026
बैंकर्स संघको छाताभित्र अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि, सदस्य संख्या २१ पुग्यो


काठमाडौं। देशको पूर्वाधार निर्माणमा लगानी गर्न खोलिएको एक मात्र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लाई नेपाल बैंकर्स संघको सदस्यता दिइने भएकोछ। 

Vigo
GBIME
Tata

संघको बुधबार बस्ने कार्य समितिको बैठकले निफ्रालाई सदस्यता दिने भएको हो। अहिले निफ्रा संघको एसोसियट सदस्य छ। 

पूर्वाधारमा लगानी गर्नका लागि छुट्टै लाइसेन्स पाएको एक मात्र बैंक भएकाले उसले आफ्ना बिषयहरु संगठनिक रुपमा राख्न  असहज भइरहेको थियो।

संघको सदस्यतासँगै निफ्रा कार्यसमितिमा प्रतिनिधित्वका लागि योग्य हुने छ। संघमा सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंकहरु सदस्य छन्। निफ्रासँगै सदस्य संख्या २१ पुग्ने छ। निफ्राको सदस्यता साधारणसभाले अनुमोदन गर्ने छ।