प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने, ऊर्जामन्त्रीले विद्युत् व्यापार सम्झौता प्रस्तुत गर्ने



बिजमाण्डू
२०८३ भदौ १० गते ०७:१३ | Aug 26, 2026
प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने, ऊर्जामन्त्रीले विद्युत् व्यापार सम्झौता प्रस्तुत गर्ने


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।

Vigo
GBIME
Tata

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद-९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन्।

त्यस्तै, बुधबार विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ। रासस