सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, नेप्से ५.३० अंकले घट्दा ४.१० अर्बको कारोबार



बिजमाण्डू
२०८३ भदौ ९ गते १५:१७ | Aug 25, 2026
सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, नेप्से ५.३० अंकले घट्दा ४.१० अर्बको कारोबार


काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ। नेप्से परिसूचक मंगलबार ५.३० अंकले घटेको छ।

Vigo
GBIME
Tata

१८७ कम्पनीका लगानीकर्ताको सम्पत्ति घट्दा ७८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ता छन्।

यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा धौलागिरी लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य १०.०७ प्रतिशतले घटेको छ।

नेप्से २५९४.२७ अंकमा झरेको दिन ४ अर्ब १० करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।