स्काईवेलको बीई११ का दुई वटा भेरियन्ट सार्वजनिक, नाडा अटो शोमा ६ लाखसम्म छुट



बिजमाण्डू
२०८३ भदौ ९ गते १४:२८ | Aug 25, 2026
स्काईवेलको बीई११ का दुई वटा भेरियन्ट सार्वजनिक, नाडा अटो शोमा ६ लाखसम्म छुट


काठमाडौं। चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’को बीई११ गाडी नाडा अटो शोमा सार्वजनिक गरिएको छ। आधिकारिक विक्रेता कम्पनी एलआरआर मोटर्सले बीई११ का दुई वटा भेरियन्ट सार्वजनिक गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर र ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले ४१० किलोमिटर रेन्ज दिनेछ।

यो इभी डिसी फास्ट चार्जरबाट ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ। यी दुबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ।

पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेस र आधुनिक बडी डिजाइनसहितको इभीमा १९८ एमएमको ग्राउण्ड क्लियरेन्स छ।

४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

कम्पनीले नाडा अटो शो अवधिभरका लागि विशेष अफर ल्याएको छ।

नाडा अटो शो अवधिका लागि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरेको कम्पनीले जनाएको छ।