सेयर बजार थप सुस्ताउँदा नेप्से २६०० अंकबाट ओर्लियो, कारोबार रकम ३.२३ अर्बमा सीमित



बिजमाण्डू
२०८३ भदौ ८ गते १५:१९ | Aug 24, 2026
सेयर बजार थप सुस्ताउँदा नेप्से २६०० अंकबाट ओर्लियो, कारोबार रकम ३.२३ अर्बमा सीमित


काठमाडौं। सेयर बजार सूचक २६०० अंकबाट ओर्लिएको छ। नेप्से सूचक सोमबार १९.१३ अंकले घटेर २५९९.५८ विन्दु कायम भएको छ।

Vigo
GBIME
Tata

बजारमा २२९ कम्पनीका लगानीकर्ताको सम्पत्ति घटेको छ। ४७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.८३ प्रतिशले आफ्नो सम्पत्ति गुमाएका छन्। बजारमा जम्मा ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।