काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकालमा संसदीय समितिले कैंची चलाएको छ।
प्रतिनिधि सभाको अर्थ समितिले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका अन्य सदस्यको कार्यकाल तीन वर्ष कायम गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि बिहीबार भएको दफाबार छलफलका क्रममा गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्ष कायम गर्ने सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।
उनका अनुसार गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्ष कायम गर्ने तथा कार्यसम्पादन सन्तोषजनक भएमा दुई वर्ष पदावधि थप्न सकिने व्यवस्था गर्ने सहमति भएको जानकारी दिए।
गभर्नर र सञ्चालकको कार्यकाल हाल पाँच वर्ष रहने व्यवस्था छ।










