बेनी सेक्युरिटिज नेप्सेको कारबाहीमा, समयमा राफसाफ नगर्दा ३ दिनका लागि निलम्बन

बिजमाण्डू
२०८३ भदौ ३ गते ११:०५ | Aug 19, 2026
बेनी सेक्युरिटिज नेप्सेको कारबाहीमा, समयमा राफसाफ नगर्दा ३ दिनका लागि निलम्बन


काठमाडौं। बेनी सेक्युरिटिज नेपाल स्टक एक्सचेन्जको कारबाहीमा परेको छ। नेप्सेले कम्पनीलाई कारबाहीस्वरुप तीन कारोबार दिनका लागि निलम्बन गरेको छ।

GBIME
Tata

सेक्युरिटिजले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले पत्र पठाएपछि कारबाही गरेको नेप्सेले जनाएको छ।

ब्रोकरहरुले कारोबारको दुई दिनभित्रै सेटलमेन्ट गरिसक्नुपर्ने व्यवस्था ‍धितोपत्र कारोबार सञ्चालन विनियमावलीले गरेको छ।