मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा तयार, सेबोनले सरोकारवालासँग माग्यो सुझाव



बिजमाण्डू
२०८३ भदौ ३ गते १०:५१ | Aug 19, 2026
मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा तयार, सेबोनले सरोकारवालासँग माग्यो सुझाव


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा तयार पारेको छ। सेबोनले नियमावलीको मस्यौदामा सुझाव मागेको छ।

Tata
GBIME

सेबोनले दोस्रो बजार सुधारका लागि गठन गरेको समन्वय तथा सहजीकरण समितिले मस्यौदामाथि छलफल गरेर सुझाव मागेको हो।

मस्यौदामा मार्जिन लेण्डिङ प्रणालीको संरचनामार्फत् ब्रोकरसँग लगानीकर्ताले ऋण लिएर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि मार्जिन कारोबार निर्देशिकामार्फत ब्रोकरहरुले ऋण उपलब्ध गराउँदै आएकामा सेबोनले अहिले नियमावली बनाउन लागेको हो।

मस्यौदामा सुझाव प्राप्त भएपछि मार्जिन कारोबार ऋण नियमावलीलाई अन्तिम रुप दिने सेबोनले जनाएको छ।

बजारमा अहिले नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दक्षिणकाली, क्रिस्टल कञ्चनजंघा लागयत ब्रोकरहरुले मार्जिन कारोबारको सुविधा दिइरहेका छन्। ४९ वटा ब्रोकरहरुले मार्जिन कारोबारका लागि आशयपत्र लिएका छन्।