सेयर बजारमा सुधारका कदमबारे आइएमएफको चासो, भट्टसँग आवासीय प्रतिनिधिले गरे वार्ता



बिजमाण्डू
२०८३ भदौ २ गते १८:५२ | Aug 18, 2026
सेयर बजारमा सुधारका कदमबारे आइएमएफको चासो, भट्टसँग आवासीय प्रतिनिधिले गरे वार्ता


काठमाडौं। सेयर बजारमा सुधारका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन) चालेका कदममा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमइफ)ले चासो राखेको छ।

Tata
GBIME

आइएमएफका आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताले मंगलबार सेबोनका अध्यक्ष डा. गोपाल भट्टलाई भेटेर सुधारका कदमबारे चासो राखेका हुन्।

दुईजनाबीच पुँजी बजारको विकास, नीतिगत सुधार तथा संस्थागत क्षमता अभिवृद्धि लगायत विषयहरूमा छलफल भएको सेबोनले जनाएको छ।

आइएमएफका प्रतिनिधिले पुँजी बजार सुधारका लागि सेबोनले चालेका कदममा साथ दिने प्रतिबद्धता जनाएका छन्।