‘जलविद्युत आयोजनामा लगानीको सुरक्षाका लागि निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स चाहियो’



बिजमाण्डू
२०८३ भदौ १ गते १२:५३ | Aug 17, 2026
‘जलविद्युत आयोजनामा लगानीको सुरक्षाका लागि निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स चाहियो’


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहन कुमार डाँगीले विद्युत व्यापारको लाइसेन्स माग गर्नु निजी क्षेत्रका लागि रहर नभएर बाध्यता भएको बताएका छन्।

Tata
GBIME

उनले सोमबार नेपाल विद्युत प्राधिकरणको ४१औं वार्षिकोत्सव समारोहमा निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स यथाशीघ्र उपलब्ध गराउन ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग आग्रह गरे। उनले जलविद्युत आयोजनामा लगानीको सुरक्षाका लागि निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स चाहिएको बताए।

‘विद्युत प्राधिकरणले यो स्तरमा व्यापार गर्ने हो भने हामीलाई विद्युत व्यापारको लाइसेन्स यथाशीघ्र दिइयोस्। पीपीएको पर्खाइमा रहेका आयोजनामा लगभग ६६ अर्ब लगानी भएको छ’, उनले भने ‘त्यो लगानी सुरक्षाका लागि निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स माग गर्नु हाम्रो रहर होइन, बाध्यता भएको छ।’

उनका अनुसार हाल निजी क्षेत्रका १६ हजार १४० मेगावाट बराबरका आयोजना पीपीएको पर्खाइमा छन्। उनले लाइसेन्स पाएको अवस्थामा निजी क्षेत्रले बिजुली बेचेर वार्षिक ३६६ अर्ब रुपैयाँ कमाउने बताए।

उनले प्राधिकरणमाथि पीपीए नगर्ने, आरसीओडी नथप्ने, आयोजना कम क्षमतामा चलाउन लगाउनेतिर केन्द्रित भएको आरोप लगाए।