मुद्दती निक्षेपमा प्रतिफल घट्यो, भदौमा ५ बैंकले ब्याजदर पुनः घटाउँदा अधिकांशको स्थिर

बिजमाण्डू
२०८३ साउन ३१ गते ०९:१२ | Aug 16, 2026
मुद्दती निक्षेपमा प्रतिफल घट्यो, भदौमा ५ बैंकले ब्याजदर पुनः घटाउँदा अधिकांशको स्थिर


काठमाडौं। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने ५ बैंकले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट)को ब्याजदर घटाएका छन्।

GBIME
Tata

बैंकहरूले सार्वजनिक गरेको भदौको ब्याजदर अनुसार अधिकांश बैंकहरूले साउन महिनाकै दरलाई निरन्तरता दिएका छन्। तर बजारमा पर्याप्त तरलता रहेको र निक्षेप संकलनमा प्रतिस्पर्धा कम भएको कारण केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेपको वृद्धिदर सन्तोषजनक रहँदा कर्जाको माग अपेक्षाकृत कमजोर देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै ५ बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर केही बिन्दुले घटाएका हुन्।

भदौका लागि नेपाल एसबिआई, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका छन्।

बैंकहरूको निर्णयले निक्षेपकर्ताले प्राप्त गर्ने प्रतिफलमा केही प्रभाव पार्ने भए पनि कर्जाको लागतमा भने तत्काल ठूलो परिवर्तन नदेखिने विश्लेषण गरिएको छ।

कुनको मुद्दतीको अधिकतम ब्याजदर कति ?

वाणिज्य बैंकहरुअसारमा मुद्दतीको अधिकतम ब्याजदरसाउन मुद्दतीको अधिकतम ब्याजदरभदौ मुद्दतीको अधिकतम ब्याजदर
सिद्धार्थ४.०५४.०५३.७६
एभरेष्ट४.०५४.०५४.०५
कुमारी३.९१३.८५३.७६
स्ट्यान्डर्ड चार्टर्ड३.९५३.८५३.८
सिटिजन्स बैंक इन्टरनेशनल४.१३.९५३.८५
प्राइम कमर्सियल४४४
कृषि विकास४.१५४.१५४.१५
नेपाल एसबीआई४.२५४.२५४.१०
हिमालयन४४४
नेपाल बैंक४.२५४.२५४.१५
ग्लोबल आइएमई४.५४४
माछापुच्छ्रे४.५४.५४.५
लक्ष्मी सनराइज४४४
सानिमा४.५४.५४.५
नेपाल इन्भेष्टमेन्ट मेगा४.५४.५४.५
प्रभु४.५५४.५५४.५५
नबिल४.५५४.५५४.५५
एनआईसी एसिया४४४
राष्ट्रिय वाणिज्य४.७५४४
एनएमबि४.७५४.५४.५
स्राेत: बैंकहरुले सार्वजनिक गरेकाे विवरण