काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.४ प्रतिशतले कम हो।
अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजनिङ घटे पनि ब्याज आम्दानी खुम्चिँदा बैंकको नाफा घटेको हाे।
अघिल्लो वर्ष बैंकले ४ अर्ब ४६ करोड ब्याज आम्दानी गरेकोमा गत वर्ष ३ अर्ब ९४ करोडमा सीमित भएको छ। बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी ३ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ छ।
बैंकको कुल निक्षेप १४७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने कर्जा ६६ अर्ब ३ करोड रुपैयाँ छ। बैंकको कुल सम्पत्ति भने १८० अर्ब रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात ४७.२४ प्रतिशत छ। बैंकको खराब कर्जा अनुपात २.०३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो १.४१ प्रतिशत थियो।खराब कर्जामा केही वृद्धि भएको छ। नेट एनपीएल ०.३४ प्रतिशत छ।
पुँजी पर्याप्तता रेसियाे १८.१३ प्रतिशत छ। त्यस्तै प्राथमिक पुँजीकाेष अनुपात १६.६८ प्रतिशत छ। बैंककाे वितरणयोग्य नाफा १ अर्ब ७८ करोड छ। यसलाई आधार मान्दा बैंकको लाभांश क्षमता १९.०४ प्रतिशत देखिन्छ।










